काठमाडौं । राजश्च छलिका विभिन्न ८० थान मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनिको ८० थान मोबाइलसहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने रामेछाप लिखु गाउँपालिका ६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
न्यूरोड क्षेत्रमा राजश्व छलिका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा.१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस