aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

घुस लिएको अभियोगमा विर्जुकुमारविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
घुस लिएको अभियोगमा विर्जुकुमारविरुद्ध मुद्दा दायर

इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो । आयोगका अनुसार आरोपी महतोलाई बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस