aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक विदेशी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक विदेशी पक्राउ

काठमाडौं । अबैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित एक विदेशी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरीकी नागरिक ७० वर्षीय डेभिड अलान हार्वड रहेका छन् । 

प्रहरीका अनुसार उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थान बाहिरी मुलुक लैजान लागेका थिए ।

थाई उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइने छ ।

प्रतिक्रिया दिनुहोस