aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने रन्जन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने रन्जन पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका १२ वतन भई हाल काठमाडौं थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । 

पाण्डेले ४ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट पक्राउ गरेको हो ।  

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस