काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्ड ब्रेकिंग स्मार्टफोनहरू बजारमा ल्याएको छ । रियलमी सि ५१ र रियलमी सि ५३ नेपाली बजारमा ल्याइएको हो ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमीमा हामी ग्राहकहरूको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिबद्ध रहेको बताए । उनले रियलमी सि ५१ र सि ५३ ले प्रतिबद्धतालाई मूर्त रूप दिएको दाबी गरे । रियलमी सि ५१ र सि ५३ दुवै यी प्राइस सेग्मेन्टको लागि अत्यन्तै उत्कृष्ट फोन रहेबो बताउँदै उनले रियलमी सि ५१ मा हामीले मेमोरीमा लिप फर्वार्ड गरेका छौँ भने सि ५३ मा क्यामेरामा लिप फर्वार्ड गरेको उनले बताए ।
रियलमी सि ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५० प्रतिशतसम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा उभिएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण हो । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सि ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्दछ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ ।
१२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन र्यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । रियलमी सि ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको छ ।
आकर्षक १७.१३ सिएम (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।
१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेराको र सबैभन्दा ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड् हाइलाइटहरू र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कमजोर लाइटिङ कन्डिसनमा समेत उच्च क्ल्यारिटी र उच्च डिटेलड तस्बिर खिच्न सक्छ ।
रियलमी सि ५१ दुई कलरमा मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सि ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ । रियलमी सि ५१ जिबि ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १५ हजार ९९९ रहेको छ । त्यस्तै, रियलमी सि ५३ ४ जिबि १२८ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १७ हजार ९९९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस