aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रूससँग युद्धरत युक्रेनमा १५० अर्ब डलर बराबर क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
रूससँग युद्धरत युक्रेनमा १५० अर्ब डलर बराबर क्षति

एजेन्सी । जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ । 

किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ । युद्धका कारण करिब एक लाख ६७ हजार दुई सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन् । 

त्यसैगरी दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस