aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

शनिबारसम्मको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असोज २०८०
शनिबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशकामा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

शुक्रबार दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीस् देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू(भागको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस