aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असोज २०८०
होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ

सुनसरी । होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्की समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ५ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस