aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इजरायलमा प्यालेस्टाइनको आक्रमण : नेपाली परेको सूचना, १६० प्यालेस्टाइनीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० असोज २०८०
इजरायलमा प्यालेस्टाइनको आक्रमण : नेपाली परेको सूचना, १६० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको हवाई अक्रमणमा नेपाली विद्यार्थी घाइते भएको प्रारम्भिक सूचनामा जनाइएको छ ।  गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएको छ । 

घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत परेको बताइएको छ । हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । अल जजिराका अनुसार अहिलेसम्म १ सय ६० प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् ।

यसैबीच हमासले बिहानै प्रहार गरेको ५ हजार रकेटका कारण हालसम्म ४० इजरायलीको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । गाजा पट्टीबाट भएको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धको घोषणा गरेका थिए । मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनले भनेका थिए–यो युद्ध हो र अवश्य जित्छौं । शत्रुहरूले यसको मूल्य चुकाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस