काठमाडौं । सबैका घरमा दसै आएको छ। दसैको किनमेल र रमाइलो सुरु भए पनि बेनी-जोमसोम सडक निर्माणमा संलग्न मजदरको भने विचल्ली भएको छ।
राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडक अन्र्तगत पहिलो प्याकेज गलेश्वर-तातोपानी २० किलोमिटर खण्डमा कार्यरत ९५ मजदुरहरू ज्याला नपाएर बिचल्लीमा परेका हुन ।
पहिलो खण्ड निर्माण ठेक्का लिएको शर्मा र युनाइटेड जेभी कम्पनीले चैतदेखि नै १ करोड ११ लाख ज्याला भुक्तानी नदिँदा मजदुरको दसैं बिथोलिएको छ । दसैंको सार्वजनिक विदा सुरु हुने अन्तिम दिन शुक्रबार जिल्ला प्रशासनमा भेटिएका मदजुरले वर्षभरि मजदुरी गरेर ज्याला नपाएको बताए। उनीहरूले परिवारजनलाई एकजोर नयाँ कपडा र दुई छाक खुवाउन नसक्ने अवस्थासंगै यातना भोग्नुपरेको जनाए ।
‘काम गरेको ज्याला नपाएर मजदुरले कुटेर मारे भन्नुभन्दा सीडीओ कार्यालयको गेटमा आत्महत्या गर्छ,’ गुहार माग्न प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आएका मजदुर नाइके नोकबहादुर पुनले भने । ज्याला माग्दा भोलिभोलि भन्दै ठेकदार भागेको र फोन पनि उठाउन छोडेको मजदूले गुनासो गरे । निर्माण क्षेत्रमा चर्चित ठेकदार कम्पनी शर्मा-युनाइटेडले भीरपहरा र खोलामा जोखिमपूर्ण काममा लगाएका मजदुरको १ करोड ११ लाख ज्याला नदिएको हो । ज्याला नपाउने अधिकांश मजदुर रुकुम, रोल्पा, सल्यान, जाजरकोट, बझाङका छन्।
ठेकेदार कम्पनीले रेस्पोन्स नै गरेको छैन । ठेकदारको ख्यातिठूला तर कम सानो रहेछ । कम्पनीले पटकपटक प्रहरीरप्रशासनलाई पनि ढाँटयो। गत असारमा यही ठेकेदार कम्पनीका अर्को मजदुर समूहलाई पनि ७६ लाख रकम भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस