aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महरालाई तत्काल पक्राउ नगर्न सरकारको दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ असोज २०७६
महरालाई तत्काल पक्राउ नगर्न सरकारको दबाब

काठमडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने’, प्रहरीको उच्च स्रोत भन्छ, भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन । 

त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो। महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ । ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल) के सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्,’ स्रोत भन्छ, तर, ‘महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो। 

प्रहरीले उनलाई अभियुक्तसरहकै व्यवहार गरिरहेको छ। प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘घटनास्थलमा भएका वस्तु बरामददेखि लिएर पीडित महिलाको बयानसमेत लिइसकेका छौं।’ महरासँग मात्रै बयान लिन बाँकी रहेको उनी सुनाउँछन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना-प्रविधिमन्त्री गोकुल बाँस्कोटा भने प्रहरीलाई कुनै खालको दबाब नदिएको बताउँछन्। ‘महराविरुद्ध कारबाही चलाउन प्रहरीलाई कसले रोक्यो ?’, सञ्चारमन्त्री बाँस्कोटा भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।’

प्रतिक्रिया दिनुहोस