aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आज यी स्थानमा मौसम सफा रहने संभावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
आज यी स्थानमा मौसम सफा रहने संभावना

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।साथै बागमती र  गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस