aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पाँच जुवाडे खालबाटै समातिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
पाँच जुवाडे खालबाटै समातिए
फाइल फोटो ।

डडेल्धुरा । डडेल्धुरामा पाँच जुवाडे जुवाखालबाटै समातिएका छन्‌ । अमरगढी नगरपालिका-५ कीर्तिपुर बस्ने करन रोकायाको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८५० रुपैयाँ र ९ गड्‍डी ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस