aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्‌ ।

मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेत व्यक्त गरेका छन्‌ । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गर्नुभएको छ । 

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ ।

उनीहरू सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ । हमासको आक्रमणमा परी इजरायलमा हालसम्म १० नेपालीले ज्यान गुमाइसकेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस