काठमाडौं । सरकारले इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृत्यु भएका १० नेपालीको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि सरकारले निर्णय गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बनाइन ।
प्रतिक्रिया दिनुहोस