काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५३ पैसा पुगेको छ । सोमलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा थियो ।
आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४० रूपैयाँ ५५ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रूपैयाँ ९० पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०९ पैसा र बिक्रीदर २८ रूपैयाँ २२ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८० पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रूपैयाँ २० पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस