aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोग एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असोज २०८०
खुकुरी प्रहार गरी हत्या गरेको अभियोग एक पक्राउ

सुनसरी । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका १७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका ९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस