aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

काभ्रेपलाञ्चोकमा छोराद्वारा बाबुको हत्या

  • रासस
    रासस
  • शनिबार, १८ असोज २०७६
काभ्रेपलाञ्चोकमा छोराद्वारा बाबुको हत्या

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् । 

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए । उनको अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस