aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पैरवी बुक हाउसको चाडपर्व पुस्तक मेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असोज २०८०
पैरवी बुक हाउसको चाडपर्व पुस्तक मेला

काठमाडौं । पैरवी बुक हाउसले दसैँ–तिहार, छठलगायतका चाडपर्वको अवसरमा पुस्तक मेला आयोजना गर्ने भएको छ । काठमाडौँ, पुतलीसडकस्थित पुस्तक सोरुममा उक्त मेला आयोजना गर्न लागिएको पैरवी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद शिवाकोटीले जानकारी दिए ।

२०८० असोज २५ देखि छठसम्म आयोजित मेलामा स्वदेशी पुस्तकहरु ३५ प्रतिशतसम्म, विदेशी उपन्यासमा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । त्यस्तै, ५ हजार वा सोभन्दा बढीको पुस्तक एकै पटक खरिद गर्नेलाई थप ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

‘पठन संस्कृतिको विकास गरौँ, घरघरमा पुस्तकालय बनाऔँ’ को अभियन्तासमेत रहनुभएका अध्यक्ष शिवाकोटीले समाजलाई गतिशील बनाउन पठनसंस्कृतिलाई बढावा दिनैपर्ने बताए । मेलामा २०७९ का मदन पुरस्कार विजेता विवेक ओझा, २०६२ का मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी, युवा लेखक सुविन भट्टराई, प्राज्ञिक व्यक्तित्वहरू तथा चर्चित लेखकहरूको उपस्थिति रहने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस