
काठमाडौँ । शनिवार काभ्रे र सिन्धुलीको सिमानामा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।
तीव्र गतिका कारण उक्त मिनी बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेको बा ३ ख २३५९ नम्बरको उक्त मिनी बस पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेको सनाखत नभएको र घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस