aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बानेश्वरको तरकारी बजार अगाडि युवकको शव फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असोज २०८०
बानेश्वरको तरकारी बजार अगाडि युवकको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिएका हुन् । 

उनका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस