aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अनुज्ञा पत्र नलिई खानेकुरा प्याकिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असोज २०७६
अनुज्ञा पत्र नलिई खानेकुरा प्याकिङ

मकवानपुर । हेटौंडाका अधिकांश व्यवसायीहरूले अनज्ञा पत्रबिना नै खानेकुरा प्याकिङ गर्ने गरेका छन् । चाडपर्व लक्षित हेटौंडा बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो।

स्थानीय प्रशासनको सक्रियतामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले संयुक्त रूपमा गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले आफै उत्पादन, उपभोग दमिति तथा दररेट राखेर खानेकुराहरू प्याकिङ गरेर बिक्रीवितरण गर्दै आएको भेटिएको छ।

हेटौंडाका विभिन्न ११ किराना स्टोर्स र सुपरमार्केटमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा हेटौंडा-४ स्कूलरोडस्थित हिरालाल सुपर मार्केटमा प्याकेजिङका लागि आवश्यक अनुज्ञा पत्रबिना नै दाल, चिनी, मैदालगायतको प्याकेजिङ गरेको पाइएको छ । गत वर्ष पनि यस्तै अवस्था आएपछि सुधारिन चेतावनी दिइएको तर यसपालि पनि नसुधेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका कार्यालय प्रमख तथा अनुमगन टोली संयोजक सोमकान्त रिजालले जानकारी दिए।

उनले पटकपटक मौका दिदा पनि आवश्यक अनुज्ञा पत्र नलिई उद्योगका रूपमा प्याकेजिङ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि मुद्दा चलाउने तयारी गरेको जानकारी दिए । 'हामीले अधिल्लोपटक पनि चेतावनी दिएका थियौं तर रोकिएन । अन्य पसलहरूमा पनि यस्तो रहेको बुझिएको छ। याे समाचार  आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस