aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक चौथाइ सकियो अरुण तेस्रोको काम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असोज २०७६
एक चौथाइ सकियो अरुण तेस्रोको काम

संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए।

स्थलगत अनुगमनका लागि आएका घिमिरेले निर्धारित समयमा अरुणबाट बिजुली निस्कनेमा आशावादी भएको बताए। 

ड्यामसाइड स्थलफयाक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७ सय ९० मिटर पुर्याइएको छ।

११ किलोमिटर रहेको सुरुङ मार्गआठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ। मकालु गाउँपालिका(५ मा रहेको ड्याम साइंड फयाक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। 

अरुण तेसो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रसारण लाइनको विद्युत् विस्तार तीव्र बनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस