aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन

  • रासस
    रासस
  • बुधबार, २४ असोज २०८०
गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले  आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्‌ ।

कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९/८० मा छानबिनमा रहेका कूल एक हजार चार सय ४२ उजुरीमध्ये नौ सय ७८ उजुरी ९६७दशमलव८२ प्रतिशत० फछ्र्यौट भई चालु आवका लागि चार सय ६४ उजरी जिम्मेवारी सरेर आएको जानकारी दिए । उनका अनुसार उजुरी परेका क्षेत्रमध्ये सङ्घीय मामिला (स्थानीय तहसमेत) का ३५दशमलव ९५ प्रतिशत, शिक्षा (स्थानीय तह समेतका) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव ०९ प्रतिशतलगायत छ ।

आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धानबाट भएको कारबाहीअन्तर्गत एक सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको कार्यालय प्रमुख तिमल्सिनाले बताए । दायर मुद्दामध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभहानीसंग सम्बन्धित थियोे । 

प्रदेश प्रमुख गुरुङले सबै आधार जुटाएर कारबाही बढाउनुपर्ने कार्य चुनौतीपूर्ण भए पनि संविधान र व्यवस्थाप्रति जनताको आस्था जगाउने गरी काममा क्रियाशील हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस