
काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीलाई अनुमति दिएको छ ।
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोपमा लगाउँदै शनिवार महानगरीय प्रहरी वृत्त बानेश्वरमा महराविद्ध किटानी जाहेरी दिएकी थिइन् ।
किटानी जाहेरीमा पीडित महिलाले गत आइतबार राति महरा आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको उल्लेख छ ।
यस सँगै महराले गत सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए भने संसद् पद भने अझै त्यागेका छैनन् । जसको कारण अदालतको अनुमति पाए पनि प्रहरीले महरालाई पक्राउ गर्न नसक्ने देखिन्छ ।
महरालाई पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्ने कानुनी प्रक्रिया रहेको छ।
प्रतिक्रिया दिनुहोस