aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अनलाइनमार्फत ठगी गर्ने सनिषा मल्ल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असोज २०८०
अनलाइनमार्फत ठगी गर्ने सनिषा मल्ल पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका १९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको हो । 

विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस