aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अनुसन्धान अधिकृतकै प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असोज २०८०
अनुसन्धान अधिकृतकै प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्यूठानमा कार्यरत अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नक्कली रहेको खुलेको छ । अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीले भारतबाट नक्कली सर्टिफिकेट ल्याई नेपालमा जागिर खाएको पुष्टि भएको हो ।

क्षेत्रीको सर्टिफिकेट छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले अनुसन्धान क्षेत्रीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदबाट सेवा शुरू गरेको पाइएको हो ।

नक्कली सर्टिफिकेटकै आडमा क्षेत्रीले वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवासमेत खाइसकेका छन्‌ । नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको तथा सरकारी लाभ एवम्‌ सुविधा लिएको देखिएकाले क्षेत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर भएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । 

क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस