
काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले बालुवाटार स्थित सभामुख निवास बाटै पक्राउ गरेको छ ।
बलात्कारको आरोप लागेका महरालाई आइतबार साँझ अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । आज दिउँसो अनुसन्धान अघि बढाउन महरालाई पक्राउ गर्ने अनुमति जिल्ल अदालत काठमाडौँले दिएको थियो ।
सादा पोसाकमा खटिएका प्रहरीले महरालाई बा १८ च ४०० नम्बरको उनले प्रयोग गर्ने निजी कारमै उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखेर लगिएको स्रोतले जनाएको छ । महरालाई पक्राउ गर्न प्रहरीकै भ्यान आए पनि उनले निजी कारमै जान चाहेका थिए ।
महरालाई पक्राउ गर्ने तयारी भएसँगै सभामुख निवास आसपास भारी सङ्ख्यामा सुरक्षाकर्मीको चहलपहल देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस