
एजेन्सी । गत शनिवार हमास समुहले इजरायलमा आक्रमण गरेपछि मध्य पूर्वमा "ठूलो द्वन्द्व" को जोखिम बढेको छ । तर, त्यसयताको विश्व बजारले भने त्यसलाई खास ध्यान दिएको देखिएको छैन । यो पृष्ठभूमिमा एक चर्चित अर्थशास्त्रीले भने इजरायल संकटले विश्वव्यापी आर्थिक झट्का निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रख्यात अर्थशास्त्री र न्यूयोर्क युनिभर्सिटीका प्रोफेसर नुरिएल रुबिनीले विश्वव्यापी वित्तीय बजारहरूले मध्यपूर्वमा "ठूलो द्वन्द्व" को खतरालाई अहिले कम आँकलन गरिरहेको चेतावनी दिएका छन्। बिहीबार ब्लूमबर्गसँगको एक अन्तर्वार्तामा उनले भनेका छन् कि अधिकांश लगानीकर्ताहरू विश्वास गर्छन् कि इजरायलसँग "गाजामा जानु र हमासबाट छुटकारा पाउनुको विकल्प छैन" ।
सन् २००८-०९ को आर्थिक संकटको भविष्यवाणी गर्ने र वाल स्ट्रिटले 'डक्टर डूम' भनेर उपनाम दिएका रुबिनीले इरान र लेबनानबिचको द्वन्द्व भड्काउनको लागि इरान र लेबनान लागि पर्ने बताएका छन् । उनले अहिले त्यहाँ नकारात्मक पक्ष (डाउनसाइड परिदृश्य) बलियो रहेको कुरामा जोड दिएका छन्।
अर्थशास्त्रीका अनुसार, "यदि इजरायलले हमासलाई पूर्ण रुपमा नष्ट गर्न खोज्छ भने हमासको प्रमुख समर्थक इरानले लेबनानमा हिजबुल्लाहलाई खटाउने निर्णय गर्छ । त्यसपछि लेबनानमा दोस्रो मोर्चा र ‘वेस्ट बैंक’मा तेस्रो मोर्चा। हुनेछ । र, त्यस समयमा इजरायलले इरानमाथि आक्रमण गर्नुपर्नेछ।
यस अवस्थामा खाडी क्षेत्रबाट तेलको आपूर्ति अवरुद्ध हुनेछ। र, इजरायली-प्यालेस्टाइन द्वन्द्वले तेलको मूल्यलाई उच्च तहमा धकेल्छ । "तपाईँले तेलको मूल्यमा स्पाइक पाउनुहुन्छ र आर्थिक प्रभाव ठूलो हुनेछ," उनले थपे, "यो आधारभूत परिदृश्य होइन, तर यो एक जोखिम हो। "
तेलको मूल्यमा भएको वृद्धिले "स्ट्यागफ्लेसनरी झटका" लाई बढवा दिनेछ र "केन्द्रीय बैंकहरूको लागि ठूलो दुबिधा सिर्जना गर्नेछ," रुबिनीले चेतावनी दिए।
इजरायल र सशस्त्र प्यालेस्टाइनी समूहहरू बिचको बल्झिएको शत्रुताले मध्य पूर्वको स्थिरतालाई खतरामा पारेकाले यस हप्ता विश्वव्यापी तेलको मूल्य लगभग ४ प्रतिशतले बढ्यो। अन्तर्राष्ट्रिय ब्रेन्ट बेन्चमार्क बिहीबार प्रति ब्यारेल ८६ डलरको वरिपरि घुमिरहेको थियो, जबकि यूएस वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल ८३ डलर प्रति ब्यारेल लगभगमा व्यापार भइरहेको थियो।
प्रतिक्रिया दिनुहोस