aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असोज २०८०
डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

तनहुँ । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । 

व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए । छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस