
भक्तपुर । टहरामा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपालचोक ईन्द्रावती गाउँपालिका १० बस्ने ४२ वर्षीय नबराज दंगाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस