aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विपद् व्यवस्थापन गर्न साझा प्रयास आवश्यक : गृहमन्त्री श्रेष्ठ

  • रासस
    रासस
  • शुक्रबार, २६ असोज २०८०
विपद् व्यवस्थापन गर्न साझा प्रयास आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन्‌ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए । विपद् व्यवस्थापनलाई सरकारले विशेष ध्यान दिएको उनले उल्लेख गरे । 

प्राकृतिक विपत्तिका बेला अपाङ्गता भएका व्यक्तिहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई त्यसबाट जोगाउने सामुदायिक स्तरमा काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

‘सूचनाको माध्यमबाट प्रभावित परिवारलाई जोगाउनु पहिलो जिम्मेवारी हो । त्यसका लागि आवश्यक नीतिनिर्माण र प्रणालीको विकास गर्न जरुरी छ’, मन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस