aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जुवातास खेल्ने १७ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
जुवातास खेल्ने १७ जना पक्राउ

काठमाडौं । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१६ डकाहा गाउँ बस्ने ३२ वर्षीय मोहन साहको घरमा जुवातास खेलिरहेको अवस्थामा मोहन साह समेत ९ जनालाई नगद २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बझाङ, जयपृथ्वी नगरपालिका-११ धामीलेक बस्ने २२ वर्षीय खगेन्द्र जोशीको पसलमा जुवातास खेलिरहेको अवस्थामा खगेन्द्र जोशी समेत ८ जनालाई नगद ३७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस