aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इरानले आफ्ना नागरिक रिहा गरेपछि अमेरिकाले तोड्यो ६ अर्ब डलर फिर्ता गर्ने वाचा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असोज २०८०
इरानले आफ्ना नागरिक रिहा गरेपछि अमेरिकाले तोड्यो ६ अर्ब डलर फिर्ता गर्ने वाचा

एजेन्सी। तेहरानले मानवीय उद्देश्यका लागि नगदको बदलामा पाँच सन्दिग्ध अमेरिकी जासुसलाई रिहा गरेको छ। तर, इरानले आफ्नो जिम्मेवारी पुरा गरिसकेपछि अमेरिकाले इरानको ६ अर्ब डलर रिलिज गर्ने वाचा तोडेको छ।

तेहरानले इस्लामिक गणतन्त्रविरुद्ध जासुसी गरेको आरोपमा नियन्त्रण गरेको पाँच अमेरिकी नागरिकलाई रिहा गरेपछि पनि वासिङ्टनले ६ अर्ब डलरको इरानी सम्पत्ति फुकुवा गर्ने आफ्नो वाचा फिर्ता गरेको छ।

गत महिना भएको सम्झौता अनुसार इरानको पैसा दक्षिण कोरियाली बैंकबाट कतारको एक बैंकमा हस्तान्तरण गरिएको थियो। जहाँ तेहरानले अमेरिकी ट्रेजरी डिपार्टमेन्टको कडा निगरानीमा मानवीय उद्देश्यका लागि मात्र सो रकम प्रयोग सुनिश्चित गरेर इरानलाई पहुँच दिने सहमति भएको थियो ।

यद्यपि, बिहीबार, अमेरिका र कतारले अर्कै  "समझदारी" गरेका छन् जस अनुसार दोहाले तेहरानबाट हुने रकम फिर्ताको कुनै पनि अनुरोधलाई बेवास्ता गर्नेछ। नाम नछाप्ने सर्तमा मिडियासँग त्यहाँका अधिकारीहरूले सो कुरा बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

इरानसँग भएको यो सम्झौताले अमेरिकामा विवाद निम्त्याएको थियो। रिपब्लिकनहरूले के तर्क गरेका थिए भने अमेरिकाले कब्जा गरेको सो रकम  हस्तान्तरणले तेहरानलाई भविष्यमा थप अमेरिकीहरूलाई कब्जा गर्न प्रोत्साहित गर्नेछ।

इजरायलमा हमासको घातक हमला पछि यो विषय थप आलोचनामा आएको छ। सो हमलामा इरानको हात रहेको भन्दै केही अप्रमाणित रिपोर्टहरूले आंशिक रूपमा तेहरानलाई दोष लगाएका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले इरानको  संलग्नताको कुनै प्रमाणलाई अस्वीकार गरे पनि इरान बिरुद्ध भने कदम चालिसकेका छन् ।

"अहिले कतारमा गएको कुनै पनि कोष वास्तवमा इरानले खर्च गरेको वा पहुँच गरेको छैन”, अमेरिकी  विदेश सचिव एन्टोनी ब्लिन्केनले बिहीबार इजरायलमा पत्रकारहरूलाई भने। "वास्तवमा, त्यो खाता अमेरिकाको कोष विभाग द्वारा निरीक्षण गरिन्छ, केवल मानवीय सामानहरू - खाना, औषधि, चिकित्सा उपकरणहरूका लागि मात्र त्यो खर्च हुनसक्छ । र, इरानी हातहरूले त्यो कहिल्यै छुने छैन।"

कैदी आदानप्रदान वासिङ्टन र तेहरान बिचको महिनौँको ब्याक-च्यानल वार्ताको परिणाम थियो।, अन्तिम सम्झौताले इरानी तेल राजस्वको ६ अर्ब डलर अनफ्रिज गर्ने अमेरिकी वाचाले संवादलाई मीठो बनाएको थियो।

पाँच अमेरिकीहरू सियामक नमाजी, इमाद शार्गी र मोराद ताहबाज थिए, जसलाई जासुसीको आरोपमा दश वर्षको जेल सजाय सुनाइएको थियो। अन्य दुई बन्दीहरूले भने आफ्नो नाम सार्वजनिक गर्न मानेका थिएनन् । नामाजी नामक एक ५१ वर्षीय व्यापारीलाई सन् २०१५ मा इरानमा गिरफ्तार गरिएको थियो। बराक ओबामा र डोनाल्ड ट्रम्प दुवै प्रशासन यस्तो कैदी साटासाट गर्ने वार्ताबाट बाहिरिएका थिए । शार्गी र तहबाज दुवैलाई सन् २०१८ मा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस