
बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो । विनोद चौधरी जो यहि क्षेत्रबाट चिर्वाचित भएका थिए ।
शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउनेछन् ।
नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने जोड दिँदै आएका छन् । चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृटत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो । सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस