aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सी चिनफिङको स्वागतका लागि टालटुले सजावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
सी चिनफिङको स्वागतका लागि टालटुले सजावट

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपछि सी चिनफिङको लागि  काठमाडौं उपत्यकाको सडक टालटुल गर्दै सजावट गरिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सरकारले दशैंको बेला परेकाले सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टि होटलसम्मका सडक टालटुल गरेको छ । 

सी चिनफिङ ओहोरदोहोर गर्दा प्रयोग हुने सडकखण्ड( एयरपोर्ट, माइतीघर, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरमहल, दरबारमार्ग तीनधारा, भद्रकाली, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, सिंहदरबार, कालिमाटी लगायतका सडक छेउमा पर्ने स्थानमा नेपालका हिमाल र अन्य सास्कृति झल्कने तस्विर भएका पोष्टर राखेको छ । सरकारले तीनकुने विचको खाली जमिनलाई बेहुली झै सिगारेको छ । हरेका विदेश पाहुना आउँदामात्र सजिने उक्त चउरमा दुबो रोप्नेदेखि पोष्टर टास्नेसम्मका काम सम्म भइसेको छ । 

त्यस्तै, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरमहल, दरबारमार्ग तीनधारा, भद्रकाली, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, सिंहदरबार, कालिमाटीसम्म पर्ने निर्माणधिन पुललाई समेत दायाँ वायाँ पोष्टरले ढाकिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस