aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पोखराका शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असोज २०८०
पोखराका शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु

पोखरा । पोखराको प्रमुख शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । महोत्सव नवमीसम्म सञ्चालन हुनेछ । आइतवार नवदुर्गाको शोभा यात्रा निकालिएको छ । घटस्थापनाकै अवसरमा पोखराको सबै साँस्कृति झाँकी पनि निकालिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । 

विजया दशमी सबै धर्मावलम्बीले मनाउन सक्ने गरी माहौल मिलाएको उनले सुनाए । नवदुर्गा महोत्सवभरि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेबाट ४ बजेसम्म सङ्गीतमय कथा वाचन हुनेछ।

विन्ध्यवासिनी मन्दिरको इतिहास २५० वर्ष पुरानो रहेको अनुमान छ। महोत्सवको सुरुआतमा निकालिएको शोभा यात्रा विन्ध्यवासिनीबाट चिप्लेढुंगासम्म पुगेर फर्किएको थियो । शोभा यात्रामा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस