aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

महराको फोरेन्सिक टेष्टमा के आउँला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
महराको फोरेन्सिक टेष्टमा के आउँला ?

काठमाडौं । संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई दूव्यवहारको आरोप लागेको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई टिचिङ हस्पतालमा फोरेन्सिक टेष्टलाई पुर्याइएको छ । सभामुख निवासबाट पक्राउ गरिएसँगै सिंहदबार वृत्तमा राखिएका महरालाई राति त्रिवि शिक्षण अस्पताल लगेर फोरेन्सिक र नियमति स्वास्थ्य परीक्षण गरिएको हो । पक्राउ गरेर प्रहरी हिरासतमा पुर्याएपछि उनलाई उच्च रक्तचाप र स्वासप्रस्वासको समस्या देखिएको थियो । 

 शाहीले महराविरुद्ध किटानी जाहेरी दिँदा बलात्कारको प्रयास गरेको मात्रै बताएकी छन् । चौतर्फी दबाबपछि महरासम्वद्ध पार्टी नेकपाले उनलाई सभामुखबाट राजीनामा दिन भनेको थियो भने । संसदकी कार्यबहाक सभामुख र जिल्ला अदालत काठमाडौंले पक्राउ गरी छानविन गर्न अनुमति दिएपछि प्रहरीले आइतबार बेलुकी उनी बस्दै आएको निवासमा पुगेर महरालाई पक्राउ गरेको हो । 

प्रहरीले शाहीको डेराबाट अन्य प्रमाणहरु पनि संकलन गरिसकेको छ भने शाहीको फोरेन्सिक टेष्ट पनि गरिसकेको छ । यद्यपि दुवैको टेष्टको रिपोर्टको बारेमा भने  प्रहरीले केही बताएको छैन । पक्राउ परे पनि सरकारी वकिलको कार्यालय बन्द भएका कारण अहिले प्रहरीले मात्रै महरासँग बलान लिनेछ । महराको दशै लगत्तै अदालत खुलेपछिमात्र बयात हुने छ । 

प्रतिक्रिया दिनुहोस