aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भन्सार छलेर ल्याइएका ५१ लाखका कम्प्युटर बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असोज २०८०
भन्सार छलेर ल्याइएका ५१ लाखका कम्प्युटर बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्ले भन्सार छलेर ल्याइएको सामानहरु बरामद गरेको छ । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टसहरू बरामद गरेको हो । 

वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा रहेको एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका  राखेका थिए । उनले कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेको पाइएको छ । 

उनको घरको भुई तल्ले कोठाबाट तल उल्लेखित परिमाणको कम्प्युटर, ल्यापटप, मोनिटर, ईलेक्ट्रोनिक सामानहरू एकाउन लाख छबीस हजार सात सय रुपैयाँ बराबरका सामानहरू बरामद गरिएको छ । ती सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याएको प्रज्ञापनपत्र विल बिनाको सामानहरू रहेको प्रहरीले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस