aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चीनको  ग्वाङ्जाउमा आयात-निर्यात मेलाको १३४औँ सत्र शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असोज २०८०
चीनको  ग्वाङ्जाउमा आयात-निर्यात मेलाको १३४औँ सत्र शुरू

चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आइतबारदेखि चीन आयात तथा निर्यात मेलाको १३४औँ सत्र सुरु भएको छ । यसलाई क्यान्टन फेयर पनि भनिन्छ ।

मेला आगामी नोभेम्बर ४ सम्म चल्ने मेलाका प्रवत्ता सु बिङले बताएका छन्‌ ।  मेलाले विश्वभरका खरिदकर्तालाई आकर्षित गरेको बताउँदै उनले मेलाका लागि २०० भन्दा बढी र क्षेत्रका एक लाखभन्दा बढी खरिदकर्ताले दर्ता गरेको जानकारी दिए ।

मेलाको अनलाइन प्लेटफर्मले प्रदर्शक तथा खरिदकर्ता दुवैका लागि सेवा प्रदान गरिरहेको उनको भनाइ छ । अघिल्लो संस्करणको तुलनामा यस सत्रका लागि प्रर्दशनी क्षेत्र ५० हजार वर्गमिटर विस्तार गरिएको र प्रर्दशनी बुथहरूको सङ्ख्या पनि चार हजार छ सय६०० ले वृद्धि हुने बताइएको छ ।

मेलामा ४३ देश र क्षेत्रका ६५० उद्यमीसहित २८ हजारभन्दा बढी प्रर्दशकहरूले भाग लिने आयोजकले बताएको छ । सन् १९५७ मा सुरु भएको मेला चीनको वैदेशिक व्यापारको प्रमुख उपायका रूपमा स्थापित भएको छ । मेला वर्षको दुई पटक लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस