aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अर्थतन्त्र सुधार्न सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ: अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
अर्थतन्त्र सुधार्न सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र सुधार गर्न सम्बद्ध सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधार गर्न अर्थ मन्त्रालयले मात्रै काम गरेर नपुग्ने बताएका हुन् ।

‘अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयलेले मात्र काम गरेर हुँदैन । सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नुपर्छ,’ डा. महतले भने, ‘अर्थतन्त्र सुधारका लागि सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यसरी अगाडि बढेमा हामी चाँडै राम्रो गतिमा अगाडि बढ्न सक्छौँ ।’ नेपालको अर्थतन्त्र पछिल्लो समय विस्तारै सकारात्मक गतिमा गइरहेको पनि महतले दाबी गरे । 

पेसागत क्षेत्रहरूमा विभेद हटाउन राज्यले नै ध्यान दिनुपर्ने महतले बताए । ‘जो  सशक्त छ-उ विभेदमा पर्दैन । विभेद कम गर्नका लागि राज्यले पनि ध्यान दिनुपर्छ,’ उनले थपे, ‘पत्रकारिता क्षेत्रमा महिलाहरूको पनि सहभागिता बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो  ।  महिलाहरू जुनसुकै क्षेत्रमा अघि बढ्न सक्छन्‌ । कसैले रोकेर रोकिइँदैन ।’

नेपालले शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा धेरै ठूलो फड्को मारेको बताउँदै उनले अगाडि भने, ‘नयाँ नयाँ सञ्चार संस्थाहरू खुलिरहेका छन् । यस क्षेत्रबाट सकारात्मक नतिजा कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस