aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हामीले त साट्यौँ नयाँ नोट ! (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • सोमबार, २९ असोज २०८०
हामीले त साट्यौँ नयाँ नोट ! (फोटोफिचर)

काठमाडौं । आज (सोमबार)बाट नयाँ नोटको सटही सुविधा शुरु भएको  छ । नेपाल राष्ट्र बैंकले दशैं र तिहारलगायत चाडबाड लक्षित गरी नयाँ नोट सहटी सुविधा दिएको हो ।  

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकामा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरूका शाखामा नयाँ नोट साट्न पाइनेछ ।   

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साट्न पाइनेछ । 

नयाँ नोट सटहीको लागि आज बिहानैदेखि बैंकहरूमा भिड लागेको थियो । लामो समय लाइन लागेर ग्राहकहरूले नयाँ नोट सटही गरेका छन् । 



वाणिज्य बैंकका यी शाखाहरूबाट मात्रै साट्न पाइन्छ नयाँ नोट

प्रतिक्रिया दिनुहोस