aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घुससहित दुई जना अख्तियारको नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
घुससहित दुई जना अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई घससहित नियन्त्रणमा लिएको छ । नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई नियन्त्रणमा लिएको हो । 

अख्तियारका अनुसार जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद लिदै गर्दा नियन्त्रणमा लिएको हो । 

उनीहरुले सेवाग्राहीबाट ७० हजार रुपैयाँ) र ५५ हजार रुपैयाँको चेकसहित जम्मा एक लाख २५ हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको थिए । उनीहरुलाई सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस