
चितवन । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
मङ्गलवार राति १२ः३० बजे ना ५ ख ५३४४ नम्बरको रात्रि बस भरतपुरको आस्था चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस आफै अनियन्त्रित भई सडक किनारमा रहेको पिपलको बोटमा ठोकिएको थियो । दुर्घटनामा पर्ने मध्य एक जनाको अवस्था गम्भीर हरेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस