aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

देशभर आंशिक बदली रही बागमती प्रदेशका केही स्थानमा पानी पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
देशभर आंशिक बदली रही बागमती प्रदेशका केही स्थानमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।हाल देशभर आंशिकदेखि  सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन र चटयाङ सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मंगलबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागका केही  र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै   स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती  देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस