aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउने, तालिका पनि सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउने, तालिका पनि सार्वजनिक

काठमाडौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएका छन । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् । उक्त भ्रमणको तालिका समेत  सार्वजनिक भएको छ ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए । त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।

नेपालका नेताहरूले आफूहरू चिनियाँ राष्ट्रपतिलाई काठमाण्डूमा स्वागत गर्न आतुर रहेको बताउन थालेको धेरै भयो। अन्तिम पटक चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाण्डूको भ्रमण गरेका थिए।

त्यसयता नेपालमा धेरै राजनीतिक तथा सामाजिक परिवर्तन भएको छ। चीनले यो अवधिमा तीव्र आर्थिक वृद्धि हासिल गर्दै आफूलाई विश्वशक्ति राष्ट्रका रूपमा आफूलाई स्थापित गरेको छ।

यो अवधिमा नेपालले सशस्त्र द्वन्द्व खेप्यो, दरबार हत्याकाण्ड भोग्यो, जनआन्दोलनको आँधीबेहरीमार्फत् राजतन्त्रको अन्त्य देख्यो र त्यसपछिको लामो सङ्क्रमणकालीन प्रक्रियाअन्तर्गत संविधानसभाबाट नयाँ संविधान पनि बनायो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । सिले नेपालमा रहँदा अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम तय गरिएको छ। उनी असोज २६ गते स्वदेश फर्कनेछन्।

 सिको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सजिसाउ पारिएका छन् । सरकारले चिनियाँ राष्ट्रपछि सी चिनफिङको लागि  काठमाडौं उपत्यकाको सडक टालटुल गर्दै सजावट गरिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सरकारले दशैंको बेला परेकाले सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टि होटलसम्मका सडक टालटुल गरेको छ । 

सी चिनफिङ ओहोरदोहोर गर्दा प्रयोग हुने सडकखण्ड९ एयरपोर्ट, माइतीघर, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरमहल, दरबारमार्ग तीनधारा, भद्रकाली, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, सिंहदरबार, कालिमाटी लगायतका सडक छेउमा पर्ने स्थानमा नेपालका हिमाल र अन्य सास्कृति झल्कने तस्विर भएका पोष्टर राखेको छ । सरकारले तीनकुने विचको खाली जमिनलाई बेहुली झै सिगारेको छ । हरेका विदेश पाहुना आउँदामात्र सजिने उक्त चउरमा दुबो रोप्नेदेखि पोष्टर टास्नेसम्मका काम सम्म भइसेको छ । 


त्यस्तै, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरमहल, दरबारमार्ग तीनधारा, भद्रकाली, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, सिंहदरबार, कालिमाटीसम्म पर्ने निर्माणधिन पुललाई समेत दायाँ वायाँ पोष्टरले ढाकिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस