aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लक्ष्मण श्रेष्ठको घरबाट साढे पाँच लाखको धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
लक्ष्मण श्रेष्ठको घरबाट साढे पाँच लाखको धनमाल चोरी

काठमाडौं । एक जनाको घरबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने लक्ष्मण श्रेष्ठको घरबाट पछाडिको कोठा फुटाई प्रवेश गरेर मोबाइल, सुनका विभिन्न गहना र नगद गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस