aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धनतेरसमा सुनको माग कम हुन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
धनतेरसमा सुनको माग कम हुन सक्ने

एजेन्सी । भारतमा तिहारको धनतेरसमा खरिद हुने सुन चाँदीको मागमा ५० प्रतिशत कमी आउने भारतीय व्यापारीहरुले अनुमान गर्न थालेका छन् । इण्डियन बुलियन एण्ड ज्वेलर्स एसोसिएनका राष्ट्रिय सचिव सुरेन्द्र मेहताका अनुसार यसवर्षको धनतेरसमा सुनचाँदीको माग कम भएका कारण सुनचाँदीको विक्रीमा नै ५० प्रतिशत कमी आउने बताए । धनतेरसका बेलामा मात्र भारतमा ४० टन सुन विक्रि हुने गरेको उनले बताए । 

समाचार एजेन्सी आईएएनएसका अनुसार सुनचाँदीको मुल्य वृद्धि र आयातमा भएको कमीका कारण गत सेप्टेम्बर महिनामा २६ टनले आयातमा कमी आएको छ । गतवर्ष सोहि महिनामा ८१.७१ टन सुनचाँदी आयात भएको थियो । 

यसवर्ष भारतमा सुनको आयातमा ६८.१८ प्रतिशतले आयातमा कमी आएको समाचार एजेन्सीहरुले बताएका छन् । भारत सरकारले सुनका आयातमा भन्सार १० बाट १२.५ प्रतिशत वृद्धि गरेपछि सुनचाँदी महगो भएपपिछ मागमा कमी आइरहेका बेलामा हाल भारतमा आर्थिक मन्दीले गर्दा आम मानिसको क्रय शक्तिमा कमी आइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस