aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खाद्यले शुरु गर्‍यो खसीबोका तथा च्याङ्ग्राको बिक्री (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • मंगलबार, ३० असोज २०८०
खाद्यले शुरु गर्‍यो खसीबोका तथा च्याङ्ग्राको बिक्री (फोटोफिचर)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि मङ्गलबारदेखि बिक्री गर्न थालेको छ । खाद्येले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेर बिक्री शुरु गरेको हो । 

कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गरेको छ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । 

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दशैंमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ । 

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । खसीबोका तथा च्याङ्ग्रा खरिदका लागि ग्राहकको बाक्लो उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस