
ललितपुर । ललितपुर महानगरपालिका(२३ हात्तीवन एरावत टोलमा चोरी भएको छ । बस्ने ५१ वर्षीय गणेश डंगोलको घरबाट मंगलबार बिहान सुनका विभिन्न गहना ५ तोला र नगद ६० हजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।
त्यस्तै सोही घरमा डेरा गरी बस्ने दाङकी रेणु केसी बिष्टको कोठाबाट सुनका विभिन्न गहना ४ तोला र नगद ८ हजार रुपैयाँ समेत गरी ८ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस