aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

९ तोला सुन र नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
९ तोला सुन र नगद चोरी

ललितपुर । ललितपुर महानगरपालिका(२३ हात्तीवन एरावत टोलमा चोरी भएको छ ।  बस्ने ५१ वर्षीय गणेश डंगोलको घरबाट मंगलबार बिहान सुनका विभिन्न गहना ५ तोला र नगद ६० हजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ । 

त्यस्तै सोही घरमा डेरा गरी बस्ने दाङकी रेणु केसी बिष्टको कोठाबाट सुनका विभिन्न गहना ४ तोला र नगद ८ हजार रुपैयाँ समेत गरी ८ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले बताएको छ  ।  

प्रतिक्रिया दिनुहोस